About
बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ प्रधानमन्त्री हुन्। संविधान सभामा सबैभन्दा बढी मत र मतअन्तरले जित्न सफल माओवादी सभासद् बाबुराम भट्टराईले कांग्रेसका प्रत्यासी (आफ्नै मामा पर्ने चन्द्रप्रसाद न्यौपानेलाई) ४० हजारको अन्तरले हराएका थिए। उनले ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए। यसैगरी प्रत्यक्ष चुनावमा दम्पती नै संविधानसभामा पुग्ने ४ जोडी मध्ये एक जोडी भट्टराई जोडी पनि एक हो। उनकी श्रीमती हिसिला यमी पनि माओवादीकी शक्तिशाली केन्द्रीय सदस्य हुन। उनले काठमाडौंबाट चुनाव जितेकी हुन्।
